कोरोनामुक्त अन्नपूर्ण

Avatar श्रीभद्र पौडेल
भाद्र ११, २०७७
annaporna gaupalika progrem photo (1)

आधारभूत स्वास्थ्य सेवा केन्द्र झोवाङलाई बुधवार सामग्री हस्तान्तरण गर्दै स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल । तस्वीरःआदर्श समाज।

हेमजा  । कास्कीको अन्नपूर्ण गाउँपालिकामा हालसम्म कोरोना भाइरस संक्रमित भेटिएका छैनन्।

बुधबारसम्म ६ चरणमा कुल १ सय ८३ जनाको स्वाब संकलन गरी नमुना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले जानकारी दिए।

विश्वभर महामारी रुपमा फैलिएको कोभिड–१९ छिमेकी स्थानीय तहमा समेत फेला परेपनि हालसम्म अन्नपूर्ण चोखै छ । पछिल्लो पटक सोमवार १८ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा उनीहरुको पनि नजिता नेगेटिभ आयो ।

पौडेलका अनुसार परीक्षण गरिएकामध्ये अधिकांश विदेशबाट फर्किएका र केही भने गाउँपालिकामा बस्दै आएका पालिकावासी हुन् । हालसम्म संक्रमित फेला नपर्नुलाई सकारात्मक रुपमा हेरिएको छ।

गाउँपालिकाले प्रत्येक वडामा कोरोना रोगथामका लागि ५ सदस्यीय समिति पनि गठन गरेको छ । जसमार्फत यतिबेला प्रत्येक नागरिकलाई माक्स तथा एक घर एक साबुन र ब्रोसर वितरण भइरहेको छ । उक्त कार्यमा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी खटिएका छन् ।

हालसम्म कुल २० हजार माक्स, सात हजार दुई सय साबुन र ११ हजार ब्रोसर बाँडिएको छ । त्यस्तै सचेतनाका लागि माइकिङ गरिएको र राजमार्गका होटल पूर्ण रुपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई कोरोनामुक्त पार्ने अभियानमा सबैभन्दा धेरै नेलम्बो नेपालले स्वास्थ्य सामग्री सहयोग गरी साथ दिएको छ ।

त्यस्तै नौलो घुम्ती, गोनेसा, रेडक्रस, पोखरा महानगरपालिका, ठेकेदार एशोसिएसन कास्की, अन्नपूर्ण काठमाडौं समाज र ढिकुरपोखरी काठमाडौं समाजले पनि सघाएका छन् ।

गाउँपालिकाले भाइरसबाट सचेत रहँदै दैनिक कार्यसंचालन गर्न पनि पालिकावासीलाई निर्देश गरेको छ । गाउँवासीको सहयोगका कारण हालसम्म अन्नपूर्ण कोरोनामुक्त रहेको गाउँपालिकाले स्पष्ट पारेको छ । गाउँपालिकाभर कुल ३४ क्वारेन्टिनस्थल छन्।

Related News

सम्बन्धित समाचार

    • प्रधानमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक स्थिति रहेको छ ।…
    • बागलुङको निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमाछोराको निधन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । बागलुङको निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउँसो निसीखोला गाउँपालिका २ काल्नेचौरमा घर…
    • ओलीको क्याबिनेटमा सबै पुरानै मन्त्री

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रीलाई नियुक्त गरेर मन्त्रीमण्डल गठन गरेका छन् । माओवादी त्यागेर एमालेमा आएका…
    • ओलीपछि ईश्वर पोखरेलले लिए सपथ

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएलगत्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष…
    • प्रधानमन्त्री ओलीले लिए सपथ

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा भर्खरै आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले…

    hero news full width

    sanil ads

    wordlink ads