वडाध्यक्ष सहित ४ जना निको

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७७
covid 19 corona banner

तनहुँ । भानु नगरपालिकाका वडाध्यक्ष सहित ४ जना कोरोना संक्रमति निको भइ घर फर्किएका छन् ।

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा उपचाररत वडाध्यक्षसहति चार जना निको भए पश्चात घर फर्किएका हुन् । निको भएका कोरोना संक्रमितहरु ३०, ४२, ४२ र ६१ वर्ष उमेर समूहका छन् ।

स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि उनीहरुसँगै २२ जनाको स्वाब पोखरा पठाइएको थियो । सोही नगरपालिकाका १९ जना संक्रमित उपचाररत छन् । शुक्लागण्डकीमा ३ जना, भीमाद, व्यास र आँबुखैरेनी गाउँपालिकाका १–१ जना गरेर २५ जना संक्रमितको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width