तनहुँ जलविद्युत् आयोजनामा केवल टनेल निर्माण

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७७

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलवद्यिुत् आयोजनाको ‘केवल टनेल’ को काम सम्पन्न भएको छ ।

तनहुँ जलविद्युत् आयोजनाका अनुसार कुल १ सय ४०मेगावाट क्षमताको जलविद्युत् आयोजनाअन्तर्गत पावर हाउसको काम सुरु गर्न केवल टनेलको काम पूरा गरिएको हो।

कुल १ सय ८८ मिटरको केवल टर्नेलको काम सम्पन्न भएको छ । केवल टनेलको ब्रेक थ्रु भएको र विद्युत्गृहको काम सुरु भै केवल टनेलबाट विद्युत्गृहमा तारहरु लगिने छन् ।

कोरोना महामारीबीच पनि नेपाल सरकारले ठूला आयोजनाहरुमा उच्च सुरक्षा सावधानी अपनाएर काम गर्न दिने निर्णयसँगै स्थानीय तह र प्रशासनसँग समन्वय गरी कामलाई तीव्र पारिएको आयोजनाले जनाएको छ ।

आयोजनाको कुल लागत ५ सय ५ मिलयिन अमेरकिी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १ सय ८४ मिलियन डलर बेहोर्ने छ ।

दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम सुरु गरिसकेको छ भने कामका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरकिी डलर र ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक) मा सम्झौता भएको समेत जानकारी दिएको छ।

आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्यिुत्गृहको पहुँचमार्ग निर्माणका लागि १ सय ५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण भइकेको छ । बाँधस्थलको पहुँचमार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रमा १ हजार २ सय ३० रोपनी जग्गा अधग्रिहण भइसकेको आयोजनाले जनाएको छ । बाँधस्थलको पहुँचमार्गका लागि थप १० र जलाशय क्षेत्रका लागि थप ५ प्रतिशत जग्गा अधिग्रहण गर्न बाँकी छ ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृनिकायहरु एसियाली विकास बैङ्क (एडीबी) र युरोपेली लगानी बैक (इआइबी) को सहुलतिपूर्ण ऋण परिचालन हुनेछ ।

कम्पनीले आयोजनाको १ सय ४० मिटर अग्लो कङ्क्रटि बाँध, नदी फर्काउने २ सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नेछ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चतिवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ ।

आयोजनाका लागि १ सय ४० मिटर बाँध, १ हजार १ सय ६२ मिटर, ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृत्गृह निर्माण गरिनेछ ।

खुद उचाइ १ सय २१ मटिर रहने आयोजनाबाट सुख्खायामा १७८ दशमलब ९० मेगावाट र वर्षायाममा ३२३ दशमबलव ६८ मेगावाट उर्जा उत्पादन गर्ने आयोजनाले जानकारी दिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width