लमजुङमा २० जना आर्मी कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७७
covid 19 corona banner

पोखरा, १० भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४५ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीरक्षणमा गण्डकी प्रदेशमा बुधबार थप ३२ जना संक्रमितहरु फेला परेका हुन् । तीमध्ये २० जना पुरुषहरु लमजुङमा कार्यरत् नेपाल आर्मीमा कार्यरत हुन् ।

त्यस्तै, पोखरा ११ का एकजना ४६ वर्षीय पुरुष साई अर्चना अस्पतालमा कार्यरत हुन् । लमजुङको बेसीसहर वडा ८ का ३२ वर्षीय पुरुष ग्लोबल आईएमई बैंकका कर्मचारी छन् ।

केही विदेशबाट फर्केका छन् भने बाँकी कट्याक्ट टे«सिङ आधारमा पहिचान भएका हुन् ।

उता, मनाङमा मंगलबार पहिचान भएका २ जनामध्ये एक स्वास्थ्य प्रमुख भएको खुलेको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको छ ।

उता, मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत भरतपुर–१६ का शिक्षकमा पनि कोरोना देखिएको छ । मनाङमा यो सहित संक्रमित संख्या ५ पुगेको छ । त्यहाँ भेटिने सबै बाहिरी जिल्लाबाट प्रवेश गरेका हुन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ४३ पुगेको छ ।

निको हुने दर ८४ दशमलब ४७ रहेको छ । हालसम्म ८ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…
  • पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । गत साल ‘पर्यटनको राजधानी’ घोषणा भएको पोखरालाई यो वर्ष भ्रमण वर्ष घोषणा गर्न लागिएको छ । महानगरपालिकाले आन्तरिक…

hero news full width