ग्रीनको वार्षिकोत्सवमा रक्तदान

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७७
Blood Donation

पोखरा  । पोखराको सभागृहमा केन्द्रीयकार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले आठौं वार्षिकोत्सव अवसरमा आकस्मिक रक्तदान कार्यक्रम गरेको छ ।

बैंकले मंगलबार केन्द्रीय कार्यालय परिसरमा गरेको रक्तदान कार्यक्रमा १३ युनिट रगत संकलन भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले कोरोना भाइरसको जोखिम र यसले निम्त्याएको विषम परिस्थितिमा भइरहेको रगतको अभाव कम गर्न सो कार्यक्रम गरिएको बताए ।

सीइओ आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीयस्तरमा छरिएको पुँजी एकीकृत गरी स्थानीयस्तरमै सञ्चालित उद्यमशीलतासँग सम्बन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउँदै आएको बताए ।

कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारी, रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी वानका ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले बोलेका थिए ।

बैंकले बागलुङस्थित हनुमान नाच संरक्षण परिषद् (राम मन्दिर)को संरक्षरण तथा प्रवद्र्धनका लागि आर्थिक सहयोग समेत प्रदान गरेको छ । सोको लागि बैंकका संचालक कृष्णशंकर श्रेष्ठले चेक हस्तान्तरण गरेका थिए ।

बैंकले हाल कास्की, बागलुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १३ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसिमका आधुनिक बैंकिङ्ग सुविधाहरु, मोवाइल बैंकिङ्ग, निःशुल्क एटिएम कार्ड, कनेक्ट आईपिएस जस्ता सुविधा दिएके छ । साथै बचत तथा मुद्दति खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ भने निकट भविष्यमा नै तनहूँ जिल्लामा थप २ वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।

Related News

सम्बन्धित समाचार

  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • पोखरा वडा २७ को आफ्नै भवन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका वडा २७ को भवन उद्घाटन गरिएको छ । साविक लेखनाथ नगरपालिका कार्यालय परिसरको जग्गामा नवनिर्मित वडा…

hero news full width