कुलमानको समर्थनमा सर्ट फिल्म (फिल्म सहित)

विनिता सुनार
भाद्र ९, २०७७
short film

पोखरा, भदौ ९ ।
नेपाल विधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङको समर्थनमा सर्ट फिल्म निर्माण भएको छ ।  घिसिङको कार्याकाल सकिँदै गर्दा उनले लोडसेडिङ अन्त्य गर्नका लागि यस क्षेत्रमा गरेको योगदानको समर्थन गर्दै पोखरा–१३ का युवाहरुले सर्ट फिल्म निर्माण गरेका हुन् ।

अदेश इन्टटेन्मेन्टको प्रस्तुती प्रस्तुत भएको ‘कुलमान घिसिङ–लाइट अफ नेपाल’ सर्ट फिल्म १३ मिनेट ३१ सेकेन्डको छ ।

एउटा राम्रो काम गर्दै आएका व्यक्तिलाई समर्थन गह्रौ भन्ने उद्देश्यसहित हामीले यो बिषयमा सर्ट फिल्म निर्माण गरेको निर्देशक पूर्ण जिसीले बताए । ‘सुटिङ र प्राविधिक काम गरी यो सर्ट फिल्म ५ दिनमा तयार भएको हो,’ उनले भने, ‘सम–सामाहिक विषय भएर पनि सबैलाई काम गर्न निकै सहज भयो ।

झण्डै १७ देखि १८ घण्टा सम्मको लोडसेडिङको अवस्थालाई कुलमान घिसिङकै उपस्थितिमा हामी लोडसेडिङ मुक्त भएको कथावस्तुलाई नै मुख्य रुपमा देखाउन खोजिएको सर्ट फिल्मका कलाकार युवराज त्रिपाठीले बताए । ‘यो सर्ट फिल्मको मुख्य उद्देश्य भनेको उहाँलाई फेरि त्यहि पोष्टमा निरन्तरता दिनु हो,’ उनले भने, ‘विद्युत प्राविधिक सम्बन्धि उहाँका धेरै योजनाहरु छन् । त्यो पुरा गर्ने उहाँको लक्ष्यलाई हामी सबैले सम्मान गर्नुपर्छ ।

उक्त सर्ट फिल्ममा पूर्ण जिसी, हेमा जिसी, युवराज त्रिपाठी, कुमार केसी, भगवती सिग्देल, पारु सिग्देल, तारा घिमिरे, विकल्प केसी, अभिषेक केसी, सुदिप भण्डारी, शिशिर ढंगाना, दुर्गा ढुंगाना, शिला गुरुङ, नन्दबहादुर गुरुङलगायतको अभिनय देख्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width