नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीको बिमा

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७७
Nepali Womens National Cricket Team

पोखरा । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको कोरोना बिमा गरिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणमा महिला टोलीको कोरोना बिमा गरेको जनाएको छ ।

क्यानले मंगलबार एक विज्ञाप्ति जारी गर्दै राष्ट्रिय सिनियर टोलीका १८ खेलाडीको कोरोना बिमा गरेको जनाएको हो । क्यानले पछिल्लोपटक राष्ट्रिय महिला सिनियर टोलीको अन्तिम १८ मा परेका खेलाडीको कोरोना बिमा गरेको हो ।

नेपाली राष्ट्रिय महिला टोलीले अन्तिमपटक गत वर्ष घरेलु भूमिमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलेका थिए । सागमा खेल्ने तिनै १८ महिला क्रिकेटरको क्यानले कोरोना बिमा गरेको हो । १३ औं सागमा नेपाल तेस्रो बनेको थियो ।

क्यानले पहिलो चरणमा शनिबार राष्ट्रिय पुरुष टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बिमा गरेको थियो । जसमा २५ खेलाडीसहित ग्राउन्ड स्टाफ र कार्यालय कर्मचारी गरी ५१ जना थिए ।

तस्बीर : साभार माइ रिपब्लिका/नागरिक नेटवर्क

Related News

सम्बन्धित समाचार

  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…
  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली…
  • हिसानको फुटसल सुरु

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट सुरु भएको छ । प्रतियोगिता उद्घाटन…

hero news full width