जनतालाई विलापमा नपार्न आग्रह

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७७
hurja Pressrelease 2077

पोखरा, ९ भदौ । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले कोरोना नियन्त्रणका नाममा जनतालाई बिलापमा नपार्न आग्रह गरिएको छ ।

नेपालमा कोभिड–१९ को संक्रमण समुदायस्तरमा देखिएको अवस्थामा सरकारले गहन जिम्मेवारी बहन गर्नुको सट्टा कोरोना नियन्त्रणका नाममा निषेधाज्ञा जारी गरेर जनतालाई घरभित्र राख्ने तर उपचारका प्रक्रिया, विधि विधान थप नगरेकाप्रति संघले मङ्गलबार विज्ञप्ति जारी गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा कोरोनाले विश्व तहसनहन भएको बेला नेपाल सरकारले लामो समय लकडाउन गरे तापनि समयमै सचेतना अपनाउनु पर्नेमा उक्त समय आफ्नै जुँगाको लडाइमा लाग्दा आज दिनप्रतिदिन अवस्था विकराल हुँदै जानु दुःखद् सन्दर्भ भनिएको छ ।

हुर्जा गण्डकीका अध्यक्ष असफल गौतम र महासचिव सुशील श्रेष्ठको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा गण्डकी प्रदेशका तमाम अवस्थालाई नजिकैबाट हेर्दै आएको हुर्जा गण्डकी यसै सन्दर्भमा हिजो ग्रिन जोन भनिएको गण्डकी प्रदेशमा आजका दिनसम्म १ हजार आठ सय आठ संक्रमित भएकामा जसमध्ये आठ जनाको मृत्यु भइसकेको अवस्थामा सरकारका जिम्मेवार व्यक्ति अर्थतन्त्र तहसनहस भयो भनेर बस्नु भन्दा युद्ध स्तरमा कोरोना नियन्त्रणका दायरा बढाउने कर्ममा लाग्न स्थानीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छ उल्लेख छ ।

विज्ञप्तिमा संक्रमण देखिएका वडालाई छिटोभन्दा छिटो सिल गरी, परीक्षणको दायरा बढाएर संक्रमण रहेको क्षेत्रलाई उचित समयमै कोरोनामुक्त बनाउने अभियानमा लाग्नुको सट्टा निषेधाज्ञा जारी गरी जनतालाई घरभित्र राख्नु गैरजिम्मेवारी भएको बताइएको छ । यस प्रकारको निषेधाज्ञाले जनता रोगले भन्दा भोकले मर्ने, व्यवसायीलाई व्यापार भन्दा ऋणको चिन्ताले डिप्रेसन र आत्महत्याको बाटोतर्फ डो¥याउने बाहेक अन्य निष्कर्ष दिन नसक्ने भएकाले छिटोभन्दा छिटो संक्रमण देखिएका क्षेत्रमा परीक्षण तीव्र पारियोस्, आवश्यक क्वारेन्टिन, आइसोलेसन निर्माण गरियोस्, उपचारमा खटिएका स्वास्थ्यकर्मी, समाचार सम्प्रेषणमा लागेका सञ्चारजगत्प्रति उचित व्यवहार गरियोस् भनिएको छ ।

Related News

सम्बन्धित समाचार

  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width