पोखराका होटलमा आइसोलेसन

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७७
Lakeside Hotels

फाइल तस्बिर

पोखरा  । पोखरा महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइसोलेशन’ रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै जाँदा आइसोलेसन वार्डको अभाव हुनसक्ने भन्दै लक्षणबिना सङ्क्रमण देखिएका र अस्पताल लैजानु नपर्र्ने अवस्था भएका सङ्क्रमितहरुका लागि होटलहरुको प्रयोग गर्न सकिने उनले बताए ।

उनका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शै्याको आइसोलेसन वार्डको रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइसोलेसन’को रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ । उनले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको करिब चारसय जनाले यसको सुविधा लिएको जानकारी दिए । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजार रुपैयाँसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताए ।

पोखरा महानगरले कुषि तालिम केन्द्र, मालेपाटन, पदम नसिङ्ग होम, लेकसिटी ब्लक बि र र्‍यालेलेचौर बेसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ शै्याको चारवटा क्वारेन्टिन सञ्चालनमा गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने १ हजार २ सय २७ जना जनामध्ये हाल जम्मा ७० जनामा मात्र रहेका छन् भने अरु घर फर्किसकेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल २ वटा भेन्टिलेटर र ११ आइसियु शै्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले बताए । गण्डकीमा सङ्क्रमतिको सङ्ख्या १ हजार ८ सय ९१ रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width