क्यान्सर अस्पताल सुचारु

रासस
भाद्र ८, २०७७
BP Koirala

चितवन, ८ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेबाट आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीले आजबाट काम गर्ने बताए । परीक्षणका क्रममा १७ नर्स र चार सहयोगीलाई सङ्क्रमण देखिएको उनले बताए । अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ ।

अस्पतालका बहिरङ्ग सेवा नियमित गरिएको छ । यद्यपि अस्पतालमा आउनै पर्ने भए मात्र अस्पताल आउन अनुरोध गरिएको छ । अस्पतालले विशेषज्ञ चिकित्सकहरुको नाम र टेलिफोन नम्बर सावबजनिक गरेकाले आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ ।

अस्पतालमा दैनिक ५० भन्दा बढी एम्बुलेन्स देशका विभिन्न क्षेत्रबाट आउने गर्दछन् । प्रदेश नम्बर २ को बढी सङ्क्रमित क्षेत्रबाट ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । यसबाट अस्पताल कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको गौतमले बताए ।

यसैबीच सो अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी कोरोना परीक्षण थालिने भएको छ । कार्यकारी निर्देशक गौतमले भने, “हामी दुई तीन दिनमै प्रयोगशाला संञ्चालनमा ल्याउने तयारीमा छौँ ।” प्रयोगशालालाई आवश्यक पर्ने रिएजेन्ट आइनपुगेकाले प्रयोगशाला सञ्चालन गर्न ढिलाइ भएको हो । अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रयोगशाला सञ्चालन गर्ने विषयमा जानकारी गराइसकेको छ । आवश्यक जनशक्ति अस्पतालमै छन । हाल जिल्लामा सरकारीतर्फ भरतपुर अस्पताल र निजीतर्फ चितवन मेडिकल कलेजले पिसिआर प्रयोगशाला सञ्चालन गर्दै आएका छन् । सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width