अमेरिकामा ल्यापटप अभाव

रासस
भाद्र ८, २०७७
laptop-2746336_1280

सान फ्रान्सिस्को । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ ।

विषेश गरेर अनलाइन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरु सहजै पाउन गाह्रो भएको र पाएपनि निकै ढिलो मात्रै प्राप्त हुने गरेको उपभोक्ताहरुले बताएका छन् ।

यो समस्या धेरै महिना अगाडिदेखि अमेरिका भरी नै रहेको एपीले गरेको एक अनुसन्धानले देखाएको छ ।

विश्वकै तीन ओटा ठूलो कम्युटर कम्पनीहरु लेनोभो, एचपी र डेलले समेत अनलाइन कक्षाका लागि आवश्यक सामग्रीहरु माग अनुसार उपलब्ध गराउन नसकिएको बताएका छन् । ती कम्पनी स्रोतका अनुसार बजारमा अहिले झण्डै ५० लाख ल्यापटपको माग रहेको र त्यो मागलाई सम्वोधन गर्न कठिनाइ भइरहेको छ ।

अमेरिकाले चिनियाँ सामान आयातकर्तामाथि लगाएको प्रतिबन्ध पनि समस्याको चुरो भएको पनि कतिपय व्यापारीहरूको बुझाई रहेको छ ।

क्यालिफोर्नियाको मोजाभस्थित मोरोङ्गो युनिफाइड स्कूल डिस्ट्रिक्टका सुपरिटेन्डेन्ट टोम बाउमगार्टनले भने, “यो अवस्था एक कलाकारलाई विना रङ चित्र बनाउन भनेजस्तो भएको छ । कुनै पनि बच्चा कम्प्युटर बिना सामाजिक दूरी कायम गर्दै पढ्न सक्दैन ।” उक्त विद्यालयमा सबै आठ हजार विद्यार्थीलाई निःशुल्क खाजा वितरण गरिन्छ । दूर शिक्षाको लागि उनीहरूलाई कम्प्युटर चाहिन्छ ।

उनले भने, “गत जुलाईमा पाँच हजार थान ‘लेनोभो क्रोमबुक्स’ को माग गर्नुभएको हो तर लेनोभोलाई निषेधित चिनियाँ सामानको प्रयोग गरेको भन्दै सरकारी निकायबाट आपूर्ति रोकियो । विकल्प दिइएको छैन ।” उनले यसलाई एउटा प्रतिनिधिमुलक समस्याका रूपमा बताए ।

क्रोमबुक्स र अन्य निम्न मूल्यका कम्प्युटर धेरैजसो निम्न आय भएका अमेरिकी विद्यालयको छनोटमा पर्ने गर्छन् ।

“यो गाह्रो छ किनकि मैले कम्प्युटरका लागि बाल दास श्रमलाई प्रोत्साहन गर्न सक्दिन । के हामी प्रक्रियाको पछि दौडिँदा अधिक बच्चाहरूलाई चोट पुर्‍याइरहेका त छैनौँ ?” जिल्लाको उत्तर डकोटामा रहेको ‘विलिस्टन पब्लिक स्कूल’ का लागि सूचना तथा प्रविधि निर्देशक म्याट बर्टनहेगनले भने । उनले पनि दुई हजार लेनोभो क्रोमबुकका लागि मेमा माग गरी आपूर्तिको पर्खाइमा रहेको बताए ।

उनीहरूले जुलाईमा बुझाउनु पर्ने थियो । तर अगस्टको सुरूमा बुझाउने प्रतिवद्धता आएको थियो । त्यसपछि अगस्टको अन्त्य भनियो । अहिले माग गरिएका पाठ्य सामग्रीको आपूर्ति वर्षको अन्त्यसम्ममा हुने अनुमान गरिएको छ ।”

कोलोराडोको सबैभन्दा ठूलो ‘डेनभर पब्लिक स्कूल’ ले पनि अप्रिल र मेमा माग गरेका १२ हजार ५ सय ‘क्रोमबुक्स’ कहिले आउने हुन् पत्तै छैन ।

अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक सामग्रीहरु पर्याप्त पाउन नसकेपछि देशभरीको शैक्षिक क्षेत्रमा अर्को चिन्ता थपिएको छ भने अविभावक, विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालकलाई टाउको दुखाइ भएको छ ।

कम्युटर विना विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न सकिदैन, तर त्यही सामग्रीको अभाव भइरहेको छ, विद्यालयका एक व्यवस्थापकले भने ।

विद्यालयका व्यवस्थापक तथा सरोकारवालाहरुले अनलाइन कक्षा सञ्चालनका लागि अत्यावश्यक सामग्रीहरु उपलब्धताका लागि सहयोग गर्न ट्रम्प प्रशासनलाई दवाव दिएका छन् ।

ल्यापटप विनाको अनलाइन कक्षा अर्थहीन हुने भन्दै उनीहरुले त्यसको व्यवस्था अनिवार्य गरिदिन माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width