विश्वभरी ८ लाखको मृत्यु

रासस
भाद्र ८, २०७७
coronavirus

वासिङ्टन । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको संख्या ८ लाख पुगेको छ ।

जोन हकिङ्स विश्वविद्यालयका अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका ८ लाखमध्ये सबैभन्दा धेरै अमेरिकाका रहेका छन् ।

अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४ सय २९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा १ लाख १३ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २ सय ५४, भारतमा ५६ हजार ८ सय ७५ र बेलायतमा ४१ हजार ४ सय २३ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै इटलीमा ३५ हजार ४ सय ३०, फ्रान्समा ३० हजार ५ सय १२, स्पेनमा २८ हजार ८ सय ३८ र पेरूमा २७ हजार ४ सय ५३ सङ्क्रमितको मृत्यु भएको छ ।

त्यसैगरी सङ्क्रमितको संख्या अमेरिका, ब्राजिल र भारतपछि क्रमशः रुस, दक्षिण अफ्रिका, पेरू, मेक्सिको, कोलम्विया, स्पेन, चिली र इरान रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width