११ सरकारी वकिल कार्यालय उद्घाटन

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७७
IMG_1496

पोखरा । पोखरास्थित उच्च सरकारी कार्यालय तथा देशका अन्य १० जिल्ला सरकारी वकिल कार्यालय भवन आइतबार उद्घाटन गरिएको छ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सिंहदरबारस्थित कार्यकक्षबाट अनलाइन भिडियो कन्फरेन्समार्फत आइतबार नवनिर्मित ११ भवनको उद्घाटन गरेका हुन् ।

कोभिड–१९ को जोखिमका कारण सूचना प्रविधिको प्रयोग गरेर भवन उद्घाटन गरिएको महान्यायाधिवक्ताको कायालयले जनाएको छ ।

महान्यायाधिवक्ता खरेलले पोखराको उच्च सरकारी वकिल कार्यालयसहित जिल्ला सरकारी वकिल कार्यालय भोजपुर, धनुषा, महोत्तरी, सिरहा, बर्दिया, सल्यान, हुम्ला, कैलाली, डँडेलधुरा र दार्चुलाको भवन उद्घाटन गरे ।

सो क्रममा उनले अफ्ठ्रो छ भनेर चुपचाप बस्न नहुने तर सचेतता अपनाउँदै काम गर्नुपर्नेमा जोड दिए । अबको दुई महिनामा थप १० वटा भवन उद्घाटन गर्न लक्ष्य रहेको उनले बताए ।

११ वटै कार्यालय भवन सुविधासम्पन्न छन् । सबै भवनमा पीडिमैत्री र बालमैत्री कक्ष रहेका छन् ।

उच्च सरकारी वकिल र्कायालय पोखराको भवन ३ करोड ६६ लाखमा निर्माण सम्पन्न भएको कार्यालय प्रमुख सहन्यायाधिवक्ता घनश्याम ओझाले बताए । पोखरा ७, माछापुच्छे« टोलमा निर्मित सो भवन साढे २ तले छ । जसमा २३ कोठा छन् । भवनमा पीडितमैत्री कक्ष, पुस्तकालय कक्ष, अभिलेखालय कक्ष, कार्यालय प्रमुखको आवास समेत व्यवस्थापन गरिएको छ ।

२०७५ मंसिरदेखि निर्माण थालिएको भवन गत जेठसम्म १८ महिना लागको थियो । जसमा लकडाउनका कारण ७५ दिन म्यान थप भएको हो । निर्माणको जिम्मा ड्रागन शिवालय चौरी जेभले पाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width