पंचमी नुहाउन गएकी महिलाको खोलाले बगाएर मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७७
Dead_Body_Lucknow_571_855

पोखरा,७ भदौ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–९ मा आइतबार बिहान खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

हरितालिका तीजको ऋषि पञ्चमी नुहाउन र दतिवन खान विहान ५ः३० बजे नदीमा पुगेकी २४ वर्षीया दीपा गौतमलाई कालीमाटी स्थित कस्युङ खोलाले बगाएको हो । उनको शव चार घण्टापछि फेला परेको कास्की प्रहरीले जनाएको छ ।

खोलाले बगाएपछि स्थानीयवासीले खोजी गर्ने क्रममा गौतमको शव ९.३० बजे घटनास्थलबाट ७०० मिटर तल फेला परेको थियो । घटनास्थलतर्फ प्रहरी चौकी घाचोकबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । उनी गर्भवती रहेको बुझिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width