काठमाडौ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २१६ सहित देशभर ६३४ नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये १८२ महिला र ४५२ पुरुष रहेका छन् ।
उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १२ हजार ५१९ नमूना परीक्षण गरिएको थियो । हालसम्म पाँच लाख ९२ हजार ७१८ पिसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको सङ्ख्या १२६ रहेको छ भने हालसम्ममा १८ हजार ३५० जना सङ्क्रमबाट मुक्त भएका छन् ।
देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ११ हजार ६५८ रहेको छ । त्यसैगरी १३५ जना आइसीयूमा उपचारत छन् भने १२ जनाले भेन्टिलेटरमा रही उपचार गराइराखेका मन्त्रालयले जानकारी गराएको छ ।
अहिलेसम्म मुस्ताङ, म्याग्दी र हुम्ला सङ्क्रमणरहित रहेका छन् भने मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँमा ५०० भन्दा बढीको सङ्ख्यामा बिरामी रहेका मन्त्रालयले जानकारी गराएको छ । कोरोना परीक्षण गर्न स्वाब दिएपछि पनि खुलेआम हिँडेको भन्दै मन्त्रालयले नतिजा नआएसम्म क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
सम जयन्तीमा रंगकर्मीको सम्मान
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१