क्वारेन्टिनमा सहयोग गर्दै घरतिर

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७७
quarentin

पोखरा । पोखरा–२० भलामको क्वारेन्टिनबाट बिदा भएका तीन जना युवाले नगद सहयोग गरेका छन् । भलामको नाजिम घर भइ भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले ¥यालेचौर वेसीमा रहेको क्वारेन्टिनमा बिहीबार बिदाइ हँुदै गर्दा आर्थिक सहयोग गरेका हुन ।

क्वारेन्टिनमा बसेको ९ दिनपछि उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि खुसी हुँदै उनीहरुले क्वारेन्टिनमा सहयोग गरेका हुन् ।

उनीहरुमध्ये गोपी गुरुङले ५ हजार ५ सय ५५, सन्तोष नेपालीले ५ हजार र खिमबहादुर घर्तीले ३ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । क्वारेन्टिन बस्दा घरभन्दा पनि राम्रो सेवासुविधा प्रदान गरिएको उनीहरुको भनाइ छ ।

आफू जस्तै व्यक्तिको सहयोगबाट क्वारेन्टिन निर्माण र व्यवस्थापन गरेका कारण त्यसबाट प्रभावित भई स्वतस्फुर्त रुपमा सहयोग गरेको उनीहरुले बताए ।

क्वारेन्टिनको बसाइ अवधिमा प्राप्त सेवासुविधा तथा इन्टरनेटले गर्दा आफूहरुले एक्लोपनको महसुस गर्नुनपरेको बताउँदै उनीहरुले सबै मिलेर कोरोनाको सामना गर्नुपर्ने बताए ।

पोखरा–२० का वडाध्यक्ष तथा ¥यालेचौरबेंसी क्वारेन्टिन होम मूल व्यवस्थापन समितिका संयोजक सिम गुरुङले घर फर्किँदै गर्दा क्वारेन्टिनलाई सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै घर फर्के पनि थप सात दिन सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरे ।

क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि विभिन्न व्यक्तिको साथ र सहयोग रहेको तथा हालै निर्मित क्वारेन्टिन भवनमा आठ कोठामा एकै पटक २४ जना रहन सक्ने क्षमता रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

उनका अनुसार क्वारेन्टिनमा स्वस्थकर खाना, विदेशबाट ल्याएका सामान राख्ने छुट्टै भण्डार कोठा, छुट्टाछुट्टै शौचालय, क्वारेन्टिनमा बस्नेका लागि तातो तथा चिसो स्वस्थ पिउने पानी, बाथरुम, इन्टरनेटलगायत सुविधा छ ।

क्वारेन्टिन ब्यवस्थापनका लागि दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र एक क्वारेन्टिन सहयोगीसमेत छन् ।

पोखरा– २० कार्यालयले विदेशबाट घर आउनेलाई लक्ष्य गरी ¥यालेचौरस्थित महेन्द्र माविको पुरानो भवनमा क्वारेन्टिन निर्माण गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width