बन्दीपुरमा निषेधाज्ञा

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७७
Bandipur

दमौली । तनहुँको बन्दीपुर गाँउपालिकामा एक हप्ता निषेधाज्ञा लम्बिएको छ ।

समुदायस्तरमा फैलिएको कोरोनाको जोखिम अझै कायमै रहेको भन्दै गाँउपालिकाले एक हप्ता भदौ ६ गतेदेखि १२ गतेसम्मको लागि निषेधाज्ञा अवधि बढाएको हो ।

गाउँपालिकाले यसअघि साउन ३० देखि भदौ ५ सम्म निषेधाज्ञा गरेको थियो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षणका पठाइएको र त्यसको रिपोर्ट नआइसकेकाले सो अवधि थप्न परेको गाउँपालिकाका अध्यक्ष पूणिसिं थापाले बताए ।

गाउँपालिकाका वडा १,४ र ५ अन्तर्गत बजार तथा राजमार्ग क्षेत्रभित्र औषधीजन्य स्वास्थ्य सेवा, बैंकका एटियम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न, बन्दीपुर गाउँपालिका अन्य वडा र बन्दीपुर बजार क्षेत्रमा यातायातका साधन पूर्ण रुपमा बन्द गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

जिल्लामा प्रशासन कार्यालयबाट ५ र पालिकास्तरबाट ४ वटा पालिकामा निषेधाज्ञा गरिएको छ । कुल १० पालिकामध्ये ऋसिङ गाउँपालिकाम भने लकडाउन छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width