कालीगण्डकी नदीले बगाएर भुसाल बेपत्ता

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७७
modibeni

पोखरा, ५ भदौ । पर्वत जिल्लाको बिहादी गाउँपालिका–४ निवासी ४२ वर्षीय बिष्णुप्रसाद भुसाल शुक्रबार दिउसो कालीगण्डकी नदीमा बेपत्ता भएका छन् ।

आफ्नै घरदेखि ३ किलोमीटर दुरी टाढा कालीगण्डकी नदीको किनारमा शरिरमा लगाएका कपडा र मोवाइल राखेर शुक्रबार दिउसो १.०० बजे कालीगण्डकी नदीमा बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । भुसाल नदीमा बेपत्ता भएको जानकारी स्थानीयले जिल्ला प्रहरी कार्यालय पर्वतलाई सूचना दिएका थिए । बेपत्ता भुसालको प्रहरी र स्थानीयले खोजीकार्य शुरु गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width