गण्डकीमा कम संक्रमित फेला

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७७
Gandaki Map

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश राजधानी पोखरामा गएको २४ घण्टामा १ हजार २ सय ९८ जनाको नमुना परीक्षण गरिएकोमा मात्र ९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग केन्द्रमा १ हजार २ सय ४४ र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा ५४ परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रदेश क्षयरोग केन्द्रको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का ३ जना संक्रमित फेला परेका हुन् । जसमा गैँडाकोट नगरपालिका वडा २ का वर्ष ६३ का पुरुष र वर्ष ३८ की महिला, वडा १३ की वर्ष ५५ की महिलामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार बिहान ६ जना संक्रमित फेला परेका थिए । तीमध्ये पोखरा वडा ५ का १४ वर्षीय किशोर र १६ वर्षीया किशोरी, वडा ८ की ४२ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।

त्यस्तै तनहूँ जिल्लाको भानु नगरपालिका वडा ६ का ३७ वर्षीय पुरुष र भानुकै वडा नखुलेका २८ वर्षीय पुरुष तथा स्याङ्जाको गल्याङ नगरपालिकाकी ४० वर्षीया महिला छन् ।

प्रदेशमा कुल संक्रमितमध्ये १ हजार ५ सय ७९ जना निको भएर घर फर्केका छन् । ७ जनाको ज्यान गएको छ । निको हुने दर ८६ दशमलब ५० छ । कास्की जिल्लामा कुल २ सय ६८ संक्रमित भएकोमा सक्रिय केस १ सय ७ छन् । कास्कीमा भदौ ७ सम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ । हालसम्म प्रदेशका ११ जिल्लामध्ये मनाङ, मुस्ताङ र म्याग्दीमा सक्रिय केस छैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width