पोखरामा १६ प्रहरीमा कोरोना पुष्टि

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७७
covid 19 corona banner

पोखरा  । पोखरामा १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार साँझ विज्ञप्ति जारी गरी पोखरा वडा ७ मा एकैपटक १६ जना पुरुष (प्रहरी) मा कोरोना पुष्टि भएको जनाएको हो ।

स्वास्थ्य कार्यालय कास्कीका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले दंगा प्रहरी उनीहरु हालै स्याङ्जाबाट फर्केर क्वारेन्टाइन बस्दै आएको बताए । उनीहरुको उमेर समूह वर्ष २३ देखि ३६ वर्षसम्म रहेको छ ।

उता, बागलुङ जिल्लामा ३ महिलासहित ८ जनामा कोरोना देखिएको छ । जसमा बागलुङ नगरपालिका वडा ३ का वर्ष १६, २१ र ३५ का महिला तथा वर्ष ८, १३ र २२ का पुरुष छन् । जैमिनी ८ का वर्ष २० का पुरुष र बडिगाड गाउँपालिकाका वर्ष ३४ का पुरुष छन् ।

यस्तै, तनहुँ देवघाट ५ का २७ वर्षीय पुरुष, गोरखाको पालुङटारर ४ का ५० वर्षीय पुरुष, बागलुङको बडिगाड घर भइ लमजुङमा कार्यरत २२ वर्षीय पुरुष, धादिङ गंगाजमुना घर भइ लमजुङमै कार्यरत ३२ वर्षीय र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती घर घइ लमजुङमै कार्यरत अर्का ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

बुधबार बिहान पनि तनहुँका २ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ गरी १४ जनामा कोरोना देखिएको थियो । गएको २४ घण्टामा क्षयरोग उपचार केन्द्र र भरतपुर अस्पताल चितवनमा गरिएको नमुना परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ र तनहुँका २ गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोनी नगरपालिका वडा २ का वर्ष २२, २६, ४९ र ५४ का वर्षीय पुरुष, वडा ३ का वर्ष २२ र ३८ का पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, हुप्सेकोट वडा ४२ वर्षीय पुरुष, देवचुली वडा १ का १७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

गैँडाकोट नगरपालिका वडा ७ का ३३ वर्षीय पुरुष, २७ वर्षीया महिला, वडा ५ की २८ वर्षीया महिला र वडा १ का उमेर नखुलेका एक जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुको भरतपुर अस्पताल चितवनमा नमुना परीक्षण गरिएको थियो ।

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका वडा ४ का २९ वर्षीय र व्यास वडा ३ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेन कक्षमा लगिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

यो सहित गण्डकीमा कुल संक्रमितको संख्या १ हजार ८ सय १२ पुगेको छ । निको हुने १ हजार ५ सय ७२ छन् । यस्तै, ७ जनाको मृत्यु भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width