दुर्घटनाका दुई प्रहरीको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७७
noida_road_accident

पोखराको मालेपाटनमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जना प्रहरीको मृत्यु भएको छ ।

पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा–५, मालेपाटनमा गएराति करिब १ बजे बागलुङ बसपार्कबाट जिरोतर्फ आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जीपले प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियोे ।

दुर्घटनामा परी घाइते वडा प्रहरी कार्यालय बैदाममा कार्यरत पाल्पाका २० वर्षीय चन्द्रबहादुर बगाले र मोटरसाइकल पछाडि सवार बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारुको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते दुवैको उपचारार्थ गण्डकी मेडिकल कलेज, नयाँबजार लगिएको थियो । बगालेको गएराति नै १ बजेर ५० मिनेटमा र थारुको बुधबार दिउँसो १ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । जीप र जीपचालक पोखरा ५, मालेपाटनका ३४ वर्षीय विशाल केसी प्रहरी नियन्त्रणमा छन ।

राति १२ देखि क्यूआरटी (¥यापिड रेस्पोन्स टिम) मा ती प्रहरीहरु डयुटीमा थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width