भरतपोखरी, ३ भदौ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा कृयाशील बागमारा युवा संगम समूहले विगतदेखि गर्दै आएको तीज महोत्सव यस वर्ष नगर्ने भएको छ ।
कोरोना संक्रमण समूदायस्तरमा फैलिदै गएको अवस्थालाई दृष्टिगत गर्दै २०७२ साल यता निरन्तर सञ्चालित तीज महोत्सवलाई स्थगित गर्दै स्वास्थ्य सचेतना सहित स्वास्थ्य सुरक्षा समाग्री वितरण र सरसफाइलाई बढाइएको समूहका अध्यक्ष महेश अर्यालले जानकारी दिए । यस अघि तीज महोत्सवका अवसरमा तीज गीत प्रतियोगिता सहित खुल्ला भलिवल प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिदै आइएको थियो ।
उनका अनुसार समूहले यस अघि कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउनका लागि बन्दाबन्दी सुरु भए पछि बागमारा हुँदै आवतजावत गर्ने सवारी साधनलाई पोखरा – ३३ पानी ट्याङ्कीमा रोकेर यात्रा विवरण अद्याबधिक गर्ने एवम् सुरक्षा निकायलाई बुझाउने जस्ता काम गरेको थियो । बन्दाबन्दी सुरु भएपछि बागमारा हुँदै पैदल विभिन्न स्थानमा जान लागेका व्यक्तिलाई समूहका सदस्यले उद्धार समेत गरेका थिए ।
कोरोना संक्रमणबाट समूदायलाई जोगाउनका लागि माक्स, सेनिटाइजर, पन्जा जस्ता सुरक्षा समाग्री वितरण गरिएको बताउँदै अध्यक्ष अर्यालले यस वर्ष तीज गीत महोत्सव स्थगित गर्दै यसको विकल्पमा स्वास्थ्य सचेतना र सरसफाइलाई निरन्तरता दिइएको बताए ।
Related News
सम्बन्धित समाचार
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्रमा धर्मराज
तालवाराही मन्दिर परिसरमा फोटोग्राफी कोटेसन विवाद, वडाले तान्याे सबै फाइल
मगर संघले मनायो ‘माघे सकराटी’
राष्ट्रिय एकता मजबुत बनाउन पर्व महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७