मजदुर पोखरीमा मृत फेला

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७७
momentsbeforedeath

दमौली । व्यास नगरपालिका–१० स्थित सहारा कृषि सहकारी संस्थाद्वारा संञ्चालित माछापोखरीमा एक पुरुष मृत फेला परेका छन् ।

नवलपरासीको दलदलेका अन्दाजी ४१ वर्षीय कृष्ण गिरी पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

माछापोखरीमा मानिस डुबेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

खबर पाएलगत्तै कलेस्तीस्थित प्रहरी चौकीबाट गएको प्रहरी टोलीले पोखरीबाट शव बाहिर निकालेको थियो ।

गिरी सोही स्थान आसपास क्षेत्रमा मजदुरी काम गर्दै आउन गरेको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

मजदुरी काम गरी हिड्ने गिरीले बढी मात्रामा मदिरा सेवन गर्दै आएको खुल्न आएको छ । मदिराको नसामा ती व्यक्तिले पोखरीमा फाल हानेको हुन सक्ने प्रहरी अनुमान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width