पत्रकार विश्वकर्माको पहलमा साढे ३ लाख सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७७
parbat

पर्वत । दुवै मृगौला फेल भएर उपचाररत् महाशिला गाउँपालिका वडा १, अर्गाउदी सुनसरी सुनारलाई आर्थिक सहयोग गरिएको छ ।

अहिंसावादी रेडियो पर्वतमा कार्यरत संचारकर्मी लक्ष्मण विश्वकर्माको पहलमा संकलित ३ लाख ५८ हजार रुपैयाँ मृगौलापीडितको परिवारलाई हस्तान्तरण गरिएको छ ।

सो रकम विश्वकर्माले विभिन्न सहयोगी महानुभावहरुबाट संकलन गरेको बताए । संकलित रकम पीडितको घरमै पुगेर सुनसरी सुनार बचाउ अभियानका प्रमुख अभियन्ता मृगौला पीडितको ससुरालाई हस्तान्तरण गरिएको हो ।

सहयोगी विश्वकर्माले जटिल रोगी, असहाय र समस्यामा परेकालाई सहयोग गर्नु नै मानवीय धर्म भएको बताउँदै सुनारको उपचारमा थोरै भएपनि सहजताहोस् भन्ने उद्देश्यले आफ्ना साथीहरू तथा आफन्तहरुसँग आग्रह गरि सहयोग संकलन गरेको बताए ।

सुनसरी सुनार बचाउ अभियानका प्रमुख अभियन्ता लेककाजी गुरुङले आफ्नो अभियानमा यसरी सहयोग भएकोमा संचारकर्मी विश्वकर्माप्रति आभार प्रकट गरे । हालसम्म करिब २२ लाख सहयोग रकम संकलन भएको बताउँदै पैसाको अभावमा सुनसरी सुनारको उपचार नरोकिने गुरुङले बताए ।

मृगौलापीडित सुनारको हाल बुटवलस्थित गौतम बुद्ध सामुदायिक अस्पतालमा डायलेसिस हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width