पोखरामा एकसाता लकडाउन गर्ने निर्णय

प्रकाश ढकाल
भाद्र १, २०७७
lockwon

पोखरा, १ भदौ । पोखरामा सोमबार रातीदेखि एकसाता लकडाउन गर्ने निर्णय भएको छ । महानगरस्तरीय कोरोना भाइरस नियन्त्रण समितिले भदौ ८ गतेसम्म निषेधाज्ञा सहितको लकडाउन गर्ने निर्णय गरेको हो । अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्नेगरी निर्णय भएको मेयर मानबहादुर जिसीले बताए ।

उनका अनुसार यो अवधीमा सबै सरकारी कार्यालयहरु समेत बन्द हुनेछन् । सार्वजनिक गाडीहरु चल्दैनन् । तर अत्यावश्यक ढुवानी भने हुनेछ । ‘संक्रमण थपिँदै गयो । राजनीतिक दलहरुसँगको छलफलमा पनि लकडाउनको सुझाव आयो,’ मेयर जिसी भन्छन्, ‘सबैतिरको मध्येनजर गर्दै लकडाउन गर्न लागिएको हो ।’ पोखराका ३१ वटा वडामा संक्रमण पुष्टी भएको छ ।

महानगरले जिल्ला प्रशासन कार्यालयलाई लकडाउनको सिफारिस गरिसकेको छ । प्रशासनले सोही सिफारिसका आधारमा विज्ञसँग छलफल गरेपछि लकडाउन घोषणा गर्ने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

Related News

सम्बन्धित समाचार

  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…

hero news full width