हेमजा । नेलम्बो नेपालले पोखरा २८, कालिकास्थान र माझठानामा दोस्रो चरणको खाद्य राहत सामग्री तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ।
संस्थाले कोरोना भाइरस(कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सो सामग्री वितरण गरेको हो।
वडाका अतिविपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारी मजदुरलाई सामग्री वितरण गरिएको हो। जसअन्तर्गत खाद्य राहततर्फ चामल, दाल, तेल, सोयाविन, नुन र सरसफाइको लागि डिटोल साबुन उपलब्ध गराइएको छ ।
कालिकास्थानका ५० र माझठानाका ५० गरी जम्मा १ सय परिवारलाई खाद्य सामग्री वितरण गरिएको नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।
सो अवसरमा स्वास्थ्य सुरक्षाका सामग्री पीपीई, फेस शिल्ड क्याप, ज्वरो नाप्ने थर्मल गन, केएन ९५ माक्स, सेनिटाइजर, डिस्पोजेवल पञ्जा पनि वितरण गरिएको छ । जसमा २ लाख ३४ हजार बराबरको सामग्री वितरण गरिएको नेलम्बोले जनायो ।
कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय पोखराका करअधिकृत विजयप्रसाद लामिछानेले नेलम्बोले छोटो समयमा सम्बन्धित स्थानमै पुगी धेरै सहयोग उपलब्ध गराएको बताए।
नेलम्बोका अध्यक्ष देवकोटाले कोरोना भाइरसको जोखिम दिनानुदिन बढ्दै गएकाले त्यससँग थप सजक हुनुपर्नेमा जोड दिए । उनले ती सामग्रीको उचित प्रयोग गर्नुपर्ने आवश्यकता समेत औैल्याए।
कार्यक्रममा अध्यक्षको आसनबाट पोखरा २८ का वडाध्यक्ष निर्मल दियालीले नेलम्बो नेपालले विषम परिस्थितिमा गरेको सहयोगले वडाका गरिब, विपन्न मजदुरलाई थप राहात पुग्ने र उपलब्ध गराइएका स्वास्थ्य सामग्रीले यो महामरीमा खटिएका स्वास्थ्य सुरक्षाकर्मीलाई थप उर्जा प्रदान गर्ने बताए।
कार्यक्रममा नेलम्बो अध्यक्ष देवकोटा, उपाध्यक्ष सरोज कोइराला, कार्यक्रम संयोजक डा किसन कोइराला, जनसम्पर्क सूपरीवक्षेक भीमप्रसाद भण्डारी लगायतको टोलीले सामग्री प्रदान गरेको हो।
कार्यक्रममा वडासदस्य अम्बिका बुढाथोकीले स्वागत र सचिव झम्कनाथ पौडेलले संचालन गरेका थिए।
नेलम्बोले पोखरा–११, काँहुका पहिरो पीडित संगीता परियार र प्रेम क्षेत्रीको परियारलाई पनि आइतवार सहयोग गरेको छ ।
उनीहरुलाई एक÷एक थान त्रिपाल र एक हजार पाँच सय बराबरका खाद्य सामग्री प्रदान गरिएको हो । वडा सदस्य जंगबहादुर हमाल ढकुरी र पत्रकार दामोदर आचार्यको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१