‘तारेभीरमा बुकी’सँग रमाउँदै बी.बी. र सुमन (श्रव्यदृश्यसहित)

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०७७
Screen Shot 2020-08-16 at 9.36.57 PM

सुप्रसिद्ध संगीतकार बीबी अनुरागी र गीतकार सुमन श्रापित बीचको साङ्गीतिक जोडी निकै जम्दै आएको छ ।

उनीहरू गीतकार र संगीतकारको‌ जोडीका रुपमा मात्रै होइनन् । यी दुईको‌ सहकार्यका थुप्रै गीत नेपाली गीत संगीत बजारमा कालजयी बनेका छन् । बसाईका हिसाबले अनुरागी काठमाडौँ बस्दछन त श्रापित‌ पोखरा तर दुई बीच मित्रता र साङ्गीतिक सहकार्यमा निकै निकट छ ।

अनुरागी देशकै अब्बल संगीतकार हुन् उनका महिना मै दर्जनौं गीत रेकर्ड हुन्छन् भने श्रापित राजधानी बाहिर रहेर अत्याधिक गीत रेकर्ड गराउने चिरपरिचित गीतकार हुन् । यसैक्रममा यी दुईको‌ शब्द संगीतमा पछिल्लो साङ्गीतिक कोसली तारेभीरमा बुकी बजारमा आएको छ ।
जसमा धिरेन कुमार रोकाया र मेलिना राईको‌ आवाज रहेको छ ।

रोजगारीको शिलशिलामा कोरियामा रहेका रोकायाको‌ आवाज कोरियाकै स्टुडियोमा रेकर्ड गरिएको हो भने बाँकी काम प्रिज्म डिजिटल काठमाडौंमा भएको हो ।

तारेभीरमा बुकी अहिलेको चलन चल्तीको रमाइलो डान्सिङ शैलीको गीत हो । यस गीतमा गीतकार सुमन श्रापितले माया लाउनु‌ पाप होइन, अपराध होइन, माया बिना संसार अछुतो रहन पनि सक्दैन तसर्थ माया लाउनेहरुलाई माया लुकीछिपी होइन हाक्काहाक्की लाउनु पर्छ भनेर सुझाएका छन् ।

गीतमा संगीतकार बीबी अनुरागीकै संगीत संयोजन रहेको छ भने गीतको मिक्सिङ माष्टरिङ‌ श्यामश्वेत रसाइलीले गरेका छन् ।

म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सहनिर्देशक रहेको भिडियोलाई शिव विकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width