पाेखरा ३२ साउन । पर्वत जिल्लाको बिहानी गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा गाउँपालिका वडा ५ का ती पुरुषमा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार तेस्रो विज्ञप्ति जारी गरी जानकारी दिएको हो । उनलाई आइसोलनमा कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार पौने ११ बजे विज्ञप्ति जारी गरी जनाएको हो ।
यो सहित गण्डकीमा कुल संक्रमित संख्या १ हजार ७ सय १९ पुगेको छ । यसअघि आइतबार नै प्रदेशमा पोखराका १० र तनहुँका ५ जनामा गरी १५ जनामा कोरोना पुष्टि भएको थियो ।
पोखरामा गएको २४ घण्टामा कोरोनाको १३२० नमुना परीक्षण भएको छ । तीमध्ये मात्र १६ मा कोरोना देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशकका अनुसार गएको २४ घण्टामा क्षयरोग उपचार केन्द्रमा १ हजार २ सय ६८ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५२ गरी कुल १ हजार ३ सय २० नमुना परीक्षण भएको हो । ती मध्ये १६ जनामा मात्र कोरोना देखिएको हो । क्षयरोग उपचार केन्द्रमा भएको परीक्षण अहिलेसम्मकै धेरै नमुना परीक्षण भएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१