च्याम्पियन्स लिगः बार्सिलोनाको पोष्टमा बायर्नको गोल वर्षा

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७७
barcelona vs bayern munich

पोखरा । च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले बार्सिलोनामाथि गोल वर्षा गराएको छ ।

यस सिजनको च्याम्पियन्स लिगअन्तर्गत शुक्रबार राति भएको क्वाटरफाइनल खेलमा बायर्न म्युनिखले बार्सिलोनामाथि ८–२ को गोल वर्षा गराएको छ ।

फाेटाेः सिन्ह्वा

बायर्नको जितमा थोमस मुलर र फिलिप कौटिन्होको २/२, इभान पेरिसिक, सर्जेइ ग्राभी, जोसुवा किमिच, रोबर्ट लेवान्डोस्कीले गोल गरे ।

खेलको सुरुवाती चौथो मिनेटमा पहिलो गोल गर्दै थोमस मुलरले गोलको खाता खोले । मुलरले ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

फाेटाेः एएफपी

फिलिप कौटिन्होले ८५ र ८९ औं मिनेटमा दुई गोल गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्व खेलाडी फिलिप कौटिन्होले लगातार २ गोल गर्दै बार्सिलोनालाई थप निराश पारे ।

इभान पेरिसिकले २१, सर्जेई ग्राभीले २७, जोसुवा किमिचले ६३ र रोबर्ट लेबान्डोस्कीले ८२ औं मिनेटमा गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा पनि ४ गोल गरेका थिए ।

बार्सालाई भने १ आत्मघाती गोलको मिलेको थियो । खेलको ७ औं मिनेटमा डेभिड अलावाले आत्मघाती गोल गरेका थिए । बार्साको लागि अर्को गोल ५७ औं मिनेटमा लुइस सुवारेजले गरेका थिए ।

फाेटाेः एएफपी

बायर्न म्युनिखसँगको लज्जाजनक हारपछि बार्सिलोना यस सिजनको च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width