बाढी पहिरोले म्याग्दीको मंगलाघाटमा क्षति

साधन राम्जाली
श्रावण ३१, २०७७
IMG_1499

म्याग्दी,३१ साउन । म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाटमा गएराती परेको अविरल बर्षा संगै आएको बाढी पहिरोले ठुलो भौतिक क्षति पुर्याएको छ।

बेनी–पाखापनी सडक खण्ड अन्तर्गत खोल्सामा आएको बाढी पहिरोले माउण्ट एभरेष्ट आवासिय मावि सहित मंगलाघाट बस्तीका दश घरमा क्षति पुर्याएको हो। बस्तीमा बाढी पसेपछि मंगलाघाट बासी त्रसित बनेका छन्।

गएराती परेको परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको पसल, पुस्तक पसल र ग्यारेज गरी तीन वटा पसलमा पुर्ण रुपमा क्षति पुर्याएको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए।

उनका अनुसार क्षतिको विवरण संकलन भइरहेकाले कुन ठाउँमा कति क्षती भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ। साथै सोही बाढीका कारण बेनी –दरबा सडकमा पनि क्षति पुर्याएको छ भने बेनी–अर्थुङ्गे –पाखापानी सडक अवरुद्ध भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width