पहिरोपीडितलाई सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७७
help 30

पोखरा महानगरपालिका–२६ को पैतेडाडाँ पहिरोपीडितलाई कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल राष्ट्रिय समिति स्पेनले आर्थिक सहयोग गरेको छ ।

असार २६ गते वर्षासगै आएको पहिरोमा परी ज्यान गुमाएका दुर्गाबहादुर विकका छोराछोरीको शिक्षामा सहयोग पुगोस् भनेर समितिले सुक्रवार एक कार्यक्रमक बीच नगद २५ हजार आर्थिक सहयोग गरेको हो ।

पोखरा–२६ का वडा अध्यक्ष नारायणप्रसाद वरालले स्वर्गीय विककी श्रीमती विमला विकलाई उक्त रकम हस्तान्तरण गरे ।

वडाअध्यक्ष बरालले पहिरोपीडितका समस्याप्रति आफू जिम्मेवारपुर्वक प्रदेश र संघिय सरकार समक्ष आवाज उठाई रहेको र व्यवस्थित बसोबासका लागि सुरक्षित ठाँउको खोजी भइरहेको बताएका थिए ।

कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल राष्ट्रिय समितिका उपाध्यक्ष तिलकशाली सापकोटा, नेपाल च्याप्टरका संयोजक शोभाखर भण्डारी, समन्वय परिषद्का प्रतिनिधि शिवकुमार लामिछाने र पीडित परिवारका तर्फबाट गोविन्द परियारलगायतले पहिरोका कारण विस्थापित ७२ घरधुरीको परिवार विचल्लीमा परेकाले जति सक्दो चाडो पीडित परिवारलाई वसोवासको व्यवस्था राज्यले गराइदिनु पर्ने माग राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • पोखरा वडा २७ को आफ्नै भवन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका वडा २७ को भवन उद्घाटन गरिएको छ । साविक लेखनाथ नगरपालिका कार्यालय परिसरको जग्गामा नवनिर्मित वडा…

hero news full width