एकैपटक १७ जुवाडे पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७७
arrest

पोखरा | कास्की प्रहरीले एकैपटक १७ जुवाडे पक्राउ परेको छ । पोखरा १०, मिलनटोलमा बुधबार जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई जुवाखालबाट १ लाख २ हजार नगदसहित नियन्त्रणमा लिएको हो ।

पोखरा १४, मझेरीपाटन घर भइ मिलनटोल बस्ने वर्ष ५० की ज्ञानु हमालको डेराकोठामा जुवातास खेल्ने–खेलाउने गरेको सूचना आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले हमालसहित १७ जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको हो । पक्राउ पर्नेमा वर्ष ३४ देखि ७२ वर्षसम्मका छन् । उनीहरुमध्ये अधिकांश महिला हुन् ।

जसमा कास्कीको मादी ३ घर भइ पोखरा १० मिलनटोल बस्ने वर्ष ५७ को भुबहादुर गुरुङ, मादी ३ घर भइ पोखरा १० जनप्रिय टोल बस्ने वर्ष ५२ को डम्बरबहादुर गुरुङ, पोखरा १० मिलनटोल बस्ने वर्ष ५८ को बलबहादुर गुरुङ, सोही ठाउँ बस्ने वर्ष ४२ की इन्द्रा गुरुङ, वर्ष ६२ को राधेश्याम भुजेल, मादी ३ घर भइ पोखरा १० मिलनटोल बस्ने वर्ष ३४ की हिमकुमारी गुरुङ, मादी २ ताङतिङ घर भइ पोखरा १० मिलनटोल बस्ने वर्ष ७२ की केशकुमारी गुरुङ, मादी ९ मिजुरे घर भइ मिलनेटोल बस्ने वर्ष ३५ की सीता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।

यस्तै, लमजुङ पसगाउँ घर भइ पोखरा १० बस्ने वर्ष ५० की अस्मिता गुरुङ, लमजुङ क्लोलासोथार ७ घर भइ मिलनटोल बस्ने वर्ष ५६ को मनबहादुर गुरुङ, खोटाङ घर भइ पोखरा १० मिलनटोल बस्ने वर्ष ४६ की इन्द्रा राई, खोटाङ हिले ७ घर भइ पोखरा १० मिलनटोल बस्ने वर्ष ४८ की राजलक्ष्मी राई, कास्कीको माछापुच्छे« गाउँपालिका २, भुर्जुङखोला घर भइ मिलनटोल बस्ने वर्ष ५९ की सुककुमारी गुरुङ, स्याङ्जा बिरुवा गाउँपालिका ५ घर भइ मिलनटोल बस्ने वर्ष ३९ को लिलमान थापा, पोखरा १३ आर्वाका वर्ष ५१ का यमबहादुर गुरुङ, पोखरा १२ ढिकालेथरका वर्ष ४० का विनोद गुरुङ छन् ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्धको कसूर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थपी अनुसन्धान जारी रहेको डीएसपी हमालले जानकारी दिए । प्रहरीले जुवाखालबाट २ सय २४ पत्ती तास नियन्त्रणमा लिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width