उद्घाटन नहुँदै पुल बग्दा समस्या

सविन लामिछाने
श्रावण ३०, २०७७
bridge

दमौली । जिल्लामा निर्मित एक पुल उद्घाटन नहुँदै बाढीले बगाएपछि स्थानीयले सास्ता बेहोरेका छन् । शुक्लागण्डकी नगरपालिका वडा ७ र म्याग्दे गाउँपालिका वडा ५ जोड्न म्याग्दे खोलामाथि निर्माण गरिएको पुल सञ्चालन नहुँदै बगेको हो ।

गत असार २७ गते आएको भारी वर्षाले निम्ताएको बाढीले पुलेका म्याग्देतर्फको सतह बगाएको हो । सांसद विकास कोषको ३० लाखको बजेटमा उक्त पुल निर्माण गरिएको हो । पुलको निर्माण पूर्ण रुपमा सकिपछि उद्घाटन तयारी गरेको अवस्थामा बाढीले पुलको बिम बगाएको म्याग्दे ५ का वडा अध्यक्ष शिव आलेले जानकारी दिए । उनले भने, ‘बाढीले निर्माण सम्पन्न भएको पुलमा क्षति पुर्‍याएको छ ।

‘पूर्ण रुपमा सम्पन्न भएको पुल अहिले आधामात्र देखिन्छ,’ आले भने, ‘हाम्रो वडापट्टिको भागमा रहेको पुलमा बाढीले ठूलो क्षति पुगेको छ ।’ खोलाले म्याग्दे क्षेत्रमा धेरै कटान गरेको उनले बताए । आ

र्थिक वर्ष २०७५÷७६ मा सांसद कोषबाट १९ लाख र ७६/७७ वर्षमा कोषबाट १० लाख बजेट विनियोजन गरिएको तनहुँ क्षेत्र २ का प्रतिनिधि केदार सिग्देलले बताए । उनले भने, ‘उपभोक्ताहरुले पुल निर्माण छिटो र राम्रो बनाउनु भयो तर निर्माण गर्दा संरक्षणमा ध्यान दिनुभएन ।’

उनले थपे, ‘हरेक वर्ष एउटै योजनामा बजेट हाल्न पनि मिलेन । अब स्थानीय तह र प्रदेश सरकारले उक्त पुल निर्माणमा ध्यान दिनु आवश्यक छ ।’

सो पुल मर्मतका लागि अझै २० देखि २५ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । त्यस्तै दुई वटा पालिकाबीच सम्बन्ध राम्रो नभएकाले पुल मर्मतमा कसैको चासो नजाने स्थानीयको चिन्ता छ ।

पुल नहुँदा बर्खाको समयमा खोला पार गर्न कठिन थियो । म्याग्देतर्फको भागमा ७५ घरधुरी मगर बस्ती रहेको छ । उनीहरुको दैनिक उपभोगको सामान खरिद गर्न शुक्लागण्डकी आउनु पर्छ । स्थानीय गंगा कार्कीले पुल नहुँदा गाईबस्तु चराउन जान पनि सास्ती हुने गरेको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width