गण्डकी प्रदेशमा तनहुँका २० जना संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७७
covid 19 corona banner

पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा तनहुँका २० जनामा कोरोना देखिएको हो । तनहुँको भानु नगरपालिकामा १४ जना पुरुष र ६ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमध्ये न्यूनतम ५ वर्षीय बालिकादेखि अधिक्तम ५६ वर्षिय महिला छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिकामा ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width