रिलायन्स् र एफवानबीच सम्झौता

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७७
soft

पोखरा । रिलायन्स् फाइनान्सले मोबाइल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ ।

फाइनान्सका सिइओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशवप्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सिइओ सुवास शर्माको उपस्थितिमा हस्ताक्षर भएको थियो ।

सम्झौतापछि एफवान सफ्ट इन्टरनेशनल प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने ‘ रिलायन्स् फाइनान्ससँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ’ ।

सन् २००४ देखि नै एफवान सफ्टको मुख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ । एफवान सफ्ट मोबाइल बैंकिङ र मोबाईल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो । नेपालका ९५ प्रतिशतभन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंकमार्फत १ करोड १० लाख ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ । मोबाइलबाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ ।

रिलायन्स् फाइनान्स् नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्रबैंकबाट अनु्मति प्राप्त ‘सी’ वर्गको वित्तीय संस्था हो ।

Related News

सम्बन्धित समाचार

hero news full width