घरमै तीज मनाइने

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७७

हेमजा । हेमजा बाँसबोटस्थित मिलिजुली आमा समूहले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्येजनर गर्दै यस वर्षको तीजलाई व्यवस्थित गर्न विभिन्न निर्णय गरेको छ ।

समूहको बुधवार सम्पन्न बैठकले सामूहिक दर खाने कार्यक्रम यस वर्ष स्थगित गर्ने, सामूहिक एवम् घरघरमा हुने ऋषिपञ्चमी पूजा स्थगित गर्ने, टोलका पसल व्यवस्थित रुपमा संचालन गर्न संचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनु पर्ने निर्णय गरेको हो ।

त्यस्तै माइत नगई आफ्नै घरमा तीज मनाउने तथा चेलीवेटीलाई पनि नबोलाउने र बिना काम घर बाहिर नजाने, जानै परे मास्क तथा सेनिटाइजर प्रयोग गर्ने निर्णय पनि समूहले गरेको छ ।

समूहकी अध्यक्ष शकुन्तला पौडेलको अध्यक्षतामा भएको उक्त बैठक सचिव लक्ष्मी पौडेलले संचालन गरेकी थिइन् ।समूहमा ६० महिला आबद्घ छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width