सहकारीमा घरदैलो सेवा बन्द गर्न आग्रह

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७७

पोखरा । जिल्ला सहकारी संघ कास्कीले सहकारी संस्थाबाट सदस्यहरुलाई दिँदै आएको घरदैलो सेवा बन्द गर्न आग्रह गरेको छ ।

नेपालमा कोरोना भाइरस महामारीको प्रकोप बढ्दै गएको भन्दै जिल्ला सहकारी संघले बिहीबार एक सूचना जारी गरी सो आग्रह गरेको हो ।

यस्तै, सरकारले निर्देशन गरेको सुरक्षा मापदण्ड अनुसार कारोबार संचालन गर्ने र सहकारीका कर्मचारी तथा सदस्यहरुको सुरक्षालाई ध्यानमा राखी संस्थाको अनुकूल हेरी कोरोना बिमा गराउने र भीडभाड हुने गरी कुनै पनि कार्य नगर्न संघ अध्यक्ष रविरमण तिवारीद्वारा जारी सूचनामा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width