कोरोना कोषमा एनएमबि लघुवित्तको १३ लाख ६२ हजार सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७७
NMB-laghubitta logo

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १३ लाख ६२ हजार साठी रुपैयाँ सहयोग गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व कोषमा २०७७ आषाढ मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय गरेकाले सोही बमोजिम उक्त रकम जम्मा गरिएको बताइएको छ ।

संस्थाले प्रदान गरेको उक्त रकमले विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमणको महामारी नियन्त्रण र संक्रमितको उपचारमा थोरै भए पनि सहयोग पुुग्ने अपेक्षा राखेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width