२९ साउन ।अष्ट्रेलियामा बेरोजगारको संख्या थप बढ्दै गएको देखिएको छ । पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन्।
जुन र जुलाईको यो तथ्यांकसहित यहाँ बेरोजगारको संख्या करिब दश लाख पुगेको पनि प्राप्त समाचारमा जनाइएको छ । अष्ट्रेलियाको तथ्यांक विभागका प्रमुख बिजोर्न जेभिसले सो कुराको जानकारी दिएका हुन्।
उनले बिहीबार दिएकाे जानकारीअनुसार अष्ट्रेलियामा कोभिड १९ को सङ्क्रमणका कारणले पछिल्लो समयमा बेरोजगारहरुको संख्या बढ्दै गएको छ र पछिल्लो चरणमा यो समस्या झन् बढ्दो रुपमा रहेको छ ।
अष्ट्रेलियामा पहिलो पटक यति धेरै संख्यामा बेरोजगारहरुको संख्या देखिएको हो । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा विश्वकै महामारीका रुपमा कोरोना भाइरसलाई घोषणा गरेको थियो ।
विश्वमा दुई करोडभन्दा बढी नागरिक यस सङ्क्रमणबाट सङ्क्रमित भएका छन् भने सात लाखभन्दा बढीको ज्यान गइसकेको छ । यता अष्ट्रेलियामा भने यसबाट २२ हजार नागरिक सङ्क्रमित भएका छन् । त्यस्तै यहाँ ३६० भन्दा बढीको ज्यान गएको बताइएको छ।
Related News
सम्बन्धित समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदमा शिव बानियाँ
सहारा क्लब हङकङमा नयाँ कार्यसमिति
नेपाललाई चीनको ९ अर्ब अनुदान
सहारा क्लब हङकङ आयोजनामा दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१