वालिङमा प्रहरी प्रमुख एसपी विरुद्ध नारा

Avatar एजेन्सी
श्रावण २९, २०७७

स्याङजा, वालिङमा जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक विमलराज कणेल विरुद्ध नारा लगाएका छन् । ¥याली नेपाली कांग्रेसको युवा संगठन तरुण दलले आयोजना गरेको हो ।

साउन २५ गते डुम्रीकोटमा वालिङ–९ भुम्रेका जितेन गुरुङ र चापाकोट नगरपालीकाका कर्मचारी विनय तथा चालक सुनिल एस.के. विच कुटाकुट भएको थियो । घाईते गुरुङको पोखराको एक अस्पतालमा उपचार भैरहेको छ ।

क्याम्पस रोडमा ¥यालीबाट बनेको कोण सभालाई सम्बोधन गर्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाणँले समस्याहरुलाई वार्ताको टेबुल मार्फत मिलाउनु पर्ने बताउदै अराजनैतिक घटनालाई राजनैतिक घटनामा परिवर्तन गर्न नहुने बताए ।

वालिङ मोडबाट शुरु भएको ¥याली तल्लो वालिङ, भुम्रेचोक हुदै भकुन्डेचोकबाट क्याम्पस रोडमा आई कोणसभामा परिणत भएको थियो । ¥याली तथा कोण सभामा ठुलो संख्यामा नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियो ।

यही साउन २५ गते वालिङको डुम्रीकोटमा भएको विवादलाई लिएर स्याङजा कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । प्रदर्शनमा हुने घटनालाई कम गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।