घुस लिने प्रहरी निलम्बितः नलिनेलाई पुरस्कार

रासस
श्रावण २९, २०७७

काभ्रेपलाञ्चोक, २९ साउन । बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन ग¥यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन गरेको हो ।

जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह नगरी आर्थिक प्रलोभनमा पर्दै सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई कार्यालयले अनुसन्धानपछि सिन्धुलीका पाँच र काभ्रेपलाञ्चोकको एक प्रहरी कर्मचारीलाई निलम्वन गरेको ग¥यो । काभ्रेपलाञ्चोकको मंगलटारस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान नविनबहादुर थापा तथा सिन्धुलीको जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भिमान र खूर्कोट, प्रहरी चौकी ढुङ्ग्रेबास र अस्थायी प्रहरी पोष्ट भिमानमा कार्यरत प्रहरी हवल्दारद्वय राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की, प्रहरी जवानहरु कुमारबाबु सिंह, धिरेन्द्र शाह, रामकुमार थापालाई निलम्वन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।

उनका अनुसार कार्यालयले मकवानपुर तथा चितवनमा कार्यरत चार प्रहरी कर्मचारीलाई सवारी चालकसँग विभिन्न वहानमा रकम लिएपछि भेटेपछि यही साउन १४ गते निलम्वन गरेको थियो । चितवनको रामनगरस्थित इप्रकामा कार्यरत प्रहरी हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, मकवानपुरको मनहरीस्थित इप्रकामा कार्यरत प्रहरी जवान अजय महतो र जिल्ला प्रहरी कर्यालयमा कार्यरत प्रहरी जवान लक्ष्मणकुमार महतोलाई निलम्वन गरिएको कार्यालयले जनाएको छ । ‘घुस लिई कार्वाहीमा पर्नेमा प्रहरी निरीक्षकसमेत रहेका छन्’ प्रहरी निरीक्षक थापाले भने ।

कोरोना भाइरस् संक्रमणको उच्च जोखिम (विपद्)का बेला विभिन्न आर्थिक प्रलोभनमा परी घुस लिने गरेको सूचना पाएपछि पछिल्लो समय बाग्मती प्रदेश कार्यालयले मातहतमा खटेका प्रहरी कर्मचारीको विशेष अभियानका रुपमा निगरानी गरिरहेको जनाएको छ । निलम्बित प्रहरी कर्मचारीको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । पलिल्लो समय दुई दर्जन प्रहरी कर्मचारी कार्वाहीमा परेको कार्यालयले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले विशेष गरी एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दूरुपयोग गरी यात्रु ओसारपसार गर्ने सवारी दूर्घटना गराई कानुनी कार्वाहीबाट उम्कने र नदीजन्य सामग्री अवैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि ड्यूटीमा रहेका प्रहरीलाई पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म रकम दिएर प्रलोभनमा पार्न खोजिएपछि उनीहरुलाई रकमसहित पक्राउ गरिएको बताए । उनले भने ‘हाम्रो विशेष अभियान चलिरहेको छ, आर्थिक प्रलोभनमा परी सवारीमार्फत मानिस ओहोरदोहोर गराउँदा कोरोना भाइरस्को जोखिम बढ्नसक्छ ।’ उनले घुस लिने प्रहरी कर्मचारीलाई निलम्बन गरेको र आर्थिक प्रलोभन देखाउने सवारी चालकलगायतलाई कार्वाही सिफारिस गर्ने प्रहरीलाई पुरस्कृतसमेत गरेको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गरिमा र टान गण्डकीबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सेवा सम्बन्धमा सम्झौता भएको छ ।…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित ।

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…

hero news full width