वरिष्ठ नेता पौडेलको सातबुँदे प्रस्ताव

रासस
श्रावण २८, २०७७
Ramchandra-Paudel-1

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस पुनर्जागरणका लागि सातबुँदे प्रस्ताव अगाडि सारेका छन् ।

वरिष्ठ नेता पौडेलले सोमबार सातबुँदे प्रस्ताव अगाडि सार्दै पार्टीलाई नवजीवन दिनका लागि ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील काँग्रेसको निर्माण गर्नुपर्ने बताएका हुन् । उनले सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचारले काँग्रेस बलियो हुने बताए ।

उनले संसद्, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र काँग्रेस बनाउने आफ्नो दृष्टिकोण रहेको भन्दै न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार हुने उल्लेख गरे । वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोवास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव र परराष्ट्र सम्बन्धबारे आफ्नो दृष्टिकोण अगाडि सारेका हुन् ।

उनले उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास र जनमुखी शासन आवश्यक रहेको भन्दै युवा केन्द्रित रोजगारी सिर्जना गर्नुपर्ने बताए । प्रविधि प्रयोग गरी दक्ष नागरिक निर्माण गर्ने, स्वच्छ पानी, हावा र खुल्ला मैदानसहितको सुरक्षित बस्ती निर्माण गर्ने बताउँदै उनले ७० वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना, समाजमा हरेक समूहबीच सहकार्य तथा नेपालको अखण्डता र स्वाभिमानको रक्षालाई अगाडि बढाउनुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स आदर्श चौतारीको शिविर

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब पोखरा आदर्श चौतारी, लियो आदर्श चौतारी, पैयुँको आयोजनामा निःशुल्क बृहत्…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । राम मन्दिर अखण्ड कीर्तन उपसमिति पोखरा–१७, बिरौटाको १७ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समारोहको पोखरा–१७ का…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…

hero news full width