गौरीको ‘लकडाउनमा मेरो अनुभूति’लाई प्रथम पुरस्कार

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७७
News Photo

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल गण्डकी समितिद्वारा लकडाउनमा साहित्यकारलाई सिर्जनशील बनाउन आयोजना गरेको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता–२०७७ मा गौरी तमुको ‘लकडाउनमा मेरो अनुभूति’ शीर्षकको संस्मरणले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

यसैगरी वी एस निरबको ‘कोरोना ! म कुन देशको शरणार्थी’ शीर्षकको संस्मरणले द्वितीय र तारानाथ पराजुलीको ‘कोरोना कहरसित भविष्यको रहर’ शीर्षकको संस्मरणले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा कान्ति पौडेल, डा. कालु शर्मा सुवेदी, कुशुमकेशव पराजुली, गगन थापा मगर, गोपाल खनाल, तीलक पौडेल, दिलिप दोषी, लिलि अधिकारी त्रिपाठी, सन्दीप खत्री र सुमन श्रापित उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।
अनेसास गण्डकीले २०७७ वैशाख १७ गते पहिलोपटक संस्मरण आह्वानको सूचना प्रकाशन गरेको थियो । उक्त सूचनानुसार पछि ३५ दिन समयावधि थप गरेर २०७७ साउन ३ गतेसम्म संस्मरण आह्वानमा ३७ संस्मरण संकलित भएको गण्डकीका महासचिव असफल गौतमले बताए ।

कार्यक्रम संयोजक तथा गण्डकी प्रदेश संयोजक सरिता अर्याल, गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबा र महासचिव असफल गौतमको प्रारम्भिक छनौट समितिबाट चयन गरिएका १३ संस्मरण अन्तिम नतिजाका लागि अकारादि क्रममा लेखकको नाम नराखी अनेसास गण्डकी जनाउने समितिको कोडमा मूल्याङ्कन समिति समक्ष पेश गरिएको थियो ।

साहित्यकार प्रतीक ढकाल, विधान आचार्य र प्रभा बरालको तीन सदस्यीय निर्णायक समितिले INLSG-F कोडको तमुको संस्मरण प्रथम, INLSG-J कोडको निरबको संस्मरण द्वितीय र INLSG-G कोडको तारानाथ पराजुलीको संस्मरणले तृतीय स्थान प्राप्त गरेको नतिजा आयोजक समितिलाई प्रदान गरेको थियो । निर्णायक समितिको नतिजालाई गण्डकी समितिको हालै सम्पन्न बैठकले अनुमोदन गरेको हो ।

प्रतियोगितामा प्रथम हुनेले ११ हजार एक सय ११, द्वितीयले पाँच हजार, पाँच सय ५५ र तृतीयले तीन हजार, तीन सय ३३ रुपैयाँ नगदसहितको सम्मान र उत्कृष्ट १० ले उत्कृष्टताको प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष दुर्गाबहादुर शाह बाबाले जानकारी दिए ।

कार्यक्रम संयोजक अर्यालले विजयी प्रतियोगीलाई बधाई र प्रतियोगितामा सहकार्य गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै पुरस्कार वितरण कार्यक्रम कोरोना कहरको महामारी कम भएपछि पोखरामा औपचारिक कार्यक्रम बीच अर्पण गरिने बताइन् ।

उपाध्यक्ष घायलश्रीले प्रतियोगितालाई सफल पार्न प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै निकट भविष्यमा उत्कृष्ट संस्मरणसहितको कृति प्रकाशन गर्ने अभियानमा प्रदेश समिति रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width