बागलुङमा महिलाको शब फेला

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७७

पोखरा, २७ साउन । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–७ चेलावाङ स्थित चुङ खोलाको किनारमा एक महिला मृत अवास्थामा फेला परेकी छन् ।

निसिखोला गाउँपालिका–६ रोवाङ निवासी ६७ वर्षीया क्रमती घर्तीमगर मंगलबार बिहान ११.५० बजे मृत फेला फेला परेकी हुन् । उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव आफन्तलाई बुझाइ सकिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।