झण्डै आधा लाख नेपाली फर्किए

रासस
श्रावण २७, २०७७
Tribhuwan Airport

फाइल तस्बिर

काठमाडौँ | कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८ सय ६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी वायुसेवा कम्पनीले नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएका हुन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को यही साउन २५ गतेको विवरणअनुसार विभिन्न ३० मुलुकबाट भएको उद्धार उडानमार्फत ४८ हजार ८३२ नेपाली स्वदेश फर्किएका छन् ।

सोमबार थप ८ सय ४९ नेपाली स्वदेश फर्किएका छन् । सोमबार नेपाल फर्किएका यात्रुसहितको सङ्ख्या जोड्दा हालसम्म ४९ हजार ६ सय ८१ नेपाली स्वदेश फर्किएका हुन् ।

विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत धमाधम स्वदेश फर्काएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी ८ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २ सय ३९ र दोहाबाट १ सय ५१ नेपाल काठमाडौँ ल्याएको छ ।

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १ सय ५६ र दोहाबाट १ सय ४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै फलाइ दुबई १ सय ५४ यात्रु नेपाल ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सको जहाज दोहा र हिमालयको जहाज चीनको कुनमिङ उडेको विमानस्थल कार्यालयले जनाएको छ । मङ्गलबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी ६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • लायन्स आदर्श चौतारीको शिविर

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब पोखरा आदर्श चौतारी, लियो आदर्श चौतारी, पैयुँको आयोजनामा निःशुल्क बृहत्…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…

hero news full width