पोखरा चेम्बर अफ कसर्मको पर्यटन विभाग गठन

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७७
chamber

पोखरा । पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत पर्यटन विभाग गठन गरिएको छ । पर्यटन व्यवसायीहरुको भेलाले रेशम अधिकारीको अध्यक्षतामा विभाग गठन गरेको हो ।

जसको उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी, कोषाध्यक्षमा रवि आचार्य रहेका छन् ।

सदस्यमा दीपकप्रसाद सापकोटा, रेशम गौतम, देवराज अधिकारी र लक्ष्मी कोइराला छन् ।

सल्लाहकारमा दिल गौतम, उपेन्द्र अधिकारी र सुवास भण्डारी रहेका छन् ।

पोखरा चेम्बर अफ कमर्स, कास्की अध्यक्ष किसान सुनारले कोरोना भाइरस प्रभावका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले ध्यान दिनुपर्ने बताए । सरकारले हालै जारी गरेको मौद्रिक नीतिले पर्यटनसँग जोडिएका सवाललाई सम्बोधन गरेको भए पनि ती सुविधाको विषयमा बैंक तथा वित्तीय संस्थाहरुले ध्यान नदिएको टिप्पणी गरे ।

चेम्बरको मागअनुसार मौद्रिक नीतिमा पर्यटन क्षेत्रलाई पुनर्कजा र सहुलियत कोषको जानकारी दिँदै अध्यक्ष सुनारले बैंक तथा वित्तीय संस्थाले ब्याजमा छुट नदिए कार्यान्वयनको लागि चेम्बरले दबाब र पहल कदमी गर्ने उल्लेख गरे । उनले पोखरालाई पर्यटनको राजधानी बनाउने व्यवसायीको अभियानलाई चेम्बरको साथ र समर्थन रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width