विश्वमा कोभिड–१९: संक्रमित संख्या २ करोड नाघ्यो

रासस
श्रावण २७, २०७७
covid 19 corona banner

जेनेभा २७ साउन । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ ।

विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा २ करोड २६ हजार २ सय ११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी ७ लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाइएको छ ।

सोमबारसम्म विश्वभरीमा १ करोड २९ लाख ७ सय ५७ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख ९१ हजार ५ सय ५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ९ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४ सय ४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६ सय १७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४ सय ४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५९ हजार ७ सय २९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ६१ लाख २० हजार ५ सय १५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ३४ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ३६ हजार ७ सय ५२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने २ लाख ६ हजार १ सय ४१ को मृत्यु भएको छ ।

एसिया ५० लाख ४२ हजार ४ सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ लाख ९ हजार ६ सय ३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १० लाख ५२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ३ सय २४ जनाको मृत्यु भएको छ ।

ओसियानामा २३ हजार ३ सय ९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३ सय ४० जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width