हिसान कास्की सहसचिव चापागाईँको निधन

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७७
narayan sharma chapagain

पोखरा । हिसान कास्की सहसचिव नारायण शर्मा चापागाईंको निधन भएको छ ।

पोखरा–१ सिम्पानीस्थित स्पाइरल ग्यालेक्सी स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका चापागाईको ४२ वर्ष उमेरमा काठमाडौं ग्राण्डी अस्पतालमा उपचारक्रममा सोमबार निधन भएको हो ।

उनलाई जन्डिस र निमोनिया समस्यापछि पोखराको ओम अस्पतालमा उपचारपछि थप थप उपचारार्थ शुक्रबार काठमाडौं लगिएको थियो ।

पर्वतको ज्ञाँदीमा जन्मेका चापागाईँको परिवारमा बाबुआमा, श्रीमती, १ छोरा र १ छोरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width