गाउँपालिकाका बालबालिकाको स्थिति कस्तो छ ?

भोजराज भट्टराई
श्रावण २७, २०७७
palpa

पाल्पा । बगनासकाली गाउँपालिकाका बालबालिकाको स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदीले संयुक्त रूपमा ‘‘बालबालिका स्थितिसम्बन्धी प्रतिवेदन–२०७७’’ को सार्वजनिक गरेका छन् ।

बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकलपर्सन मनोज आचार्यका अनुसार बगनासकाली गाउँपालिकामा बालबालिकाको विद्यमान अवस्था, बालअधिकार र बालबालिकाको अवस्था, बालबालिकासम्बन्धी योजना तर्जुमा र कार्यान्वयको अवस्था र बालबालिकासम्बन्धी भएको कार्यहरूको उपलब्धीका विषय स्थिति प्रतिवेदनमा समावेश गरिएको छ ।

यसका साथै बगनासकाली गाउँपालिकामा विभिन्न उमेर समूहका बालबालिकाको जनसंख्या, बालश्रमको अवस्था, सडक बालबालिकाको अवस्था, बाल यौन शोषण र दुव्र्यवहारको अवस्था, अपाङ्गता भएका बालबालिकाको अवस्था, बालबालिकासम्बन्धी घट्नाहरूका अवस्था समेत समेटिएका छन् ।

यस्तैगरी बालअधिकार र बालबालिकाको अवस्था अन्तर्गत बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, बाल विकासको अधिकार, बाल सहभागिताको अधिकार, बालबालिकासम्बन्धी योजना तर्जुमा र कार्यान्वयनको अवस्था अन्तर्गत बालबालिकाको लागि स्थानिय विकास योजना, बालबालिकाको लगानी योजना, योजनाको अनुगमन तथा मूल्याङ्कन र साझेदार तथा सहयोगी संस्थाहरूको भूमिकाको अवस्था पनि प्रतिवेदनमा समावेश गरिएको छ ।

गाउँपालिकाका ३७ वटै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा भइसकेका छन् । बगनासकाली गाउँपालिकाको २०७४ को अन्तिम गाउँसभाको निर्णय अनुसार बालमैत्री स्थानीय शासनका अवधारणा अनुसार गाउँपालिकामा ९५ प्रतिशत काम सकिएको फोकलपर्सन मनोज आचार्यले जानकारी दिए । आचार्यका अनुसार बगनासकाली गाउँपालिकामा मन्त्रालयद्वारा हुने बालमैत्री स्थानीय शासनको अनुगमन र बालमैत्री स्थानीय तह घोषणाको कार्यक्रमबाहेक अन्य निर्धारित कार्यक्रम सम्पन्न भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width