उचाइ पछ्याउँदै अन्नपूर्ण सिटी क्लिनिक

असफल गौतम
श्रावण २७, २०७७
Annapurna

नेपालको उत्तर–मध्यमा रहेको ८ हजार मिटर उचाइको अन्नपूर्ण हिमालको आफ्नै गौरवपूर्ण स्थान छ । यद्यपि देख्ने आँखा र सुन्ने कानले सदा परिवर्तन र प्रगति चाहने भएकाले होला अन्नपूर्ण हेर्दा सगरमाथा छुन–छुन खोजे जस्तोे लागिरहन्छ ।

सगरमाथा छुने ध्याउन्नको अनुभूतिसँगै त्यस आसपासका ७ हजार मिटरका १३ वटा र ६ हजार मिटर उचाइका १६ वटा बढी हिमाल बीच अन्नपूर्णको आफ्नै गाथा पनि कम महत्वको छैन ।

पछिल्लो समय त्यही ‘अन्नपूर्ण’ नामसँग जोडिएर पोखराको महेन्द्रपुल चर्चामा छ । यो हुनुका पछाडि उही उचाइ पछ्याउने अभिलाषासहित सञ्चालनमा आएको ‘अन्नपूर्ण सिटी क्लिनिक’ जोडिएको छ । यसो भनिरहँदा कस्तो अतिशयोक्ति ? महेन्द्रपुलमा क्लिनिक नै थिएनन् ? प्रश्न आउन सक्छ ।

अधिकांश बिरामी उपचारमा धाउने केन्द्र भनेकै महेन्द्रपुल हो । यसैले महेन्द्रपुलको निश्चित क्षेत्र ‘मेडिकल लाइनकै’ नामले परिचित छ । त्यही क्षेत्रमा २०७६ माघदेखि ‘अन्नपूर्ण पथ ल्याब’ सञ्चालनमा ल्याएर अन्नपूर्णले थप ध्यान तानेको थियो । त्यसको चतुर्माश पूरा हुन नपाउँदै पुनः ‘अन्नपूर्ण सिटी क्लिनिक’ शुभारम्भ भएसँगै त्यस लाइनको उचाइ थप चुलिएको अनुभूति हुन्छ ।

हिजैदेखि धेरै क्लिनिक सञ्चालनमा आए पनि सबै रोगको उपचार हुने अत्याधुनिक सुविधा सम्पन्न क्लिनिक सञ्चालनमा आउनुको सन्दर्भ हामीले बिर्सनु हुँदैन । यो मात्र होइन, देशमा धेरै परिवर्तन आए पनि सरकार मातहतका निकाय र संयन्त्र अझै अपाङ्गमैत्री हुन सकेका छैनन् तर एउटा क्लिनिकले उच्च प्राथमिकतामा राखेका छ । अपाङ्गता भएकाहरूलाई पटक–पटक फिजियो सेवा अत्यावश्यक हुन्छ । त्यसैले अन्नपूर्णले क्लिनिक अपाङ्गमैत्री बनाइएको हो ।

सेवा र सुविधा मात्र होइन, बिरामी उपचारमा जाँदा उल्टो थप बिरामी भएका अवस्था पनि देखिएका छन् । त्यो नहोस् भन्न क्लिनिकले हाइजेनिक रूपमा सेवा सञ्चालन गर्ने संरचना निर्माण गरेको देखिन्छ ।

ठूला–ठूला अस्पतालमासमेत सवारी पार्किङ समस्या देखिएको अवस्थामा क्लिनिकमै पर्याप्त पार्किङ, लिफ्ट सुविधा, अत्याधुनिक स्वचालित मेसिनबाट सञ्चालित ल्याब, डिजिटल एक्सरे, इको, अल्ट्रासाउन्ड, इसिजी, फिजियोथेरापीसहित बिरामी भर्ना बाहेकका प्रायः सेवा उपलब्ध रहेकाले क्लिनिक सबैको आकर्षणको केन्द्र बन्दै आएको अध्यक्ष गीता कार्की बताउँछिन् । उनी थप्छिन्–रोग पत्ता लगाएर मात्र भएर उपचारका लागि क्लिनिक चाहियो यसैले विभिन्न क्षेत्रका वरिष्ठ विषय विशेषज्ञको सहकार्यमा क्लिनिक सञ्चालनमा आएको छ ।

क्लिनिक सञ्चालकमध्येका एक ठाकुरप्रसाद पन्त जो उमेरले २० वर्ष लाग्दै ल्याब क्षेत्रमा छिरेर २५ वर्षदेखि आफूलाई कुशल ल्याब सञ्चालकका रुपमा परिचित गराउँदै आएका छन् । उनै पन्त पनि क्लिनिक सञ्चालकमध्येका एक हुन् । उनी भन्छन्– ‘कम्तीमा ५ देखि १५ वर्षको अनुभव भएका एकेडेमिक डाक्टर रहेर अत्याधुनिक क्लिनिक सञ्चालन गरिएकाले छोटो समयमै यसले आफ्नो पहिचान स्थापित गराउँदै छ ।’ महेन्द्रपुल नै किन ? सन्दर्भमा पन्त थप्छन्,

‘हिजो अर्कैको क्लिनिकको ल्याब किनेर चलाउँदै आजसम्म आइपुग्दा महेन्द्रपुलले नै आजको मलाई हुर्कायो । महेन्द्रपुलसँग मेरो आँसु, रगत र पसिनाको मित्रता रहेकाले यही ठाउँ खोजेको समयले साथ दियो ।’

क्लिनिकको अर्का आकर्षण गण्डकी प्रदेशकै पहिलो एकमात्र बाथरोग र प्रतिरक्षा विशेषज्ञ डा रामकृष्ण गिरी हुन् । उनले दैनिक बिहानदेखि बेलुकैसम्म सेवा दिएका छन् । बाथ रोगका बिरामीले हिजो भोग्नु परेका समस्याको अन्त्य भएको बताउँदै गिरी भन्छन्,

‘निश्चित समयमा बाहिरबाट आएर डाक्टरले औषधि दिएर जाने अर्कोपटक आउने बेलासम्म बिरामीमा देखिने समस्याले धेरै बिरामी हक्कानिएको पाएँ ।’

यस्तो विषम परिस्थितिमा पनि धेरै बिरामीले स्वास्थ्य लाभ लिएको उनी थप्छन् । जसबाट प्रष्ट हुन्छ, आफ्नै क्षेत्रका विशेषज्ञको सेवाबाट उपचारका लागि रोग पालेर धेरै समय कुर्नुपर्ने बाध्यता र आइलागेका उल्झन क्लिनिकले कम गराएको छ ।

गिरी मात्र होइन, वरिष्ठ फिजिसियन डा मानबहादुर गुरुङ, वरिष्ठ न्यूरो सर्जन डा सुरेश सापकोटा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा जूनु श्रेष्ठ, वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा सौजन सुवेदी, वरिष्ठ नाक, काँन, घाँटी रोग विशेषज्ञ आकाशमणि भण्डारी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा झपिन्द्र पोखरेल, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा विशालमणि पौडेल, फिजियोरापिस्ट डा अजित पाण्डे, रेडियोलोजिस्ट डा सान्त्वना पराजुली, डाइटिसियन विद्या शर्माले पनि क्लिनिकमा मन वचन र कर्मले सेवा दिइरहेका छन् । कोही बिहानदेखि बेलुकासम्म कोही बिहान–बेलुका समय मिलाएर क्लिनिकको उचाइ बढाउन लागिरहेका छन् ।

मिडियामा आफ्नो नाम आउँदाभन्दा नआएको रुचाउने अर्का सञ्चालक बिहान ७ देखि बेलुकी ७ बजेसम्म विशेषज्ञ सुविधा उपलब्ध गराएको क्लिनिकको मुख्य उद्देश्य बिरामी भएपछि डाक्टर कहाँ जानुभन्दा बिरामी हुनुभन्दा पहिले नै परीक्षण गर्न जाने क्लिनिकका रूपमा विकास गरिने सोच रहेको बताउँछन् ।

लामो समयदेखि फार्मेसी सञ्चालन गर्दै आएका अर्जुन गिरी पनि प्रशन्न देखिन्छन् । गिरी भन्छन्, ‘बिरामीले सोचेजस्तो व्यवस्थित फार्मेसी सञ्चालन हुन सकेका छैनन्, आफूले खोजेजस्तो क्लिनिक अन्नपूर्ण देखेपछि जहाँ राम्रो त्यही व्यवसाय गरौं’ भन्दै फार्मेसी व्यवस्थापनमा व्यस्त देखिन्छन् ।

सर्वसाधारणलाई रोग लागेपछि उपचार भन्दा रोग लाग्ने सम्भावना कति छ भनेर पनि परीक्षण हुने भएकाले क्लिनिकले एकातर्फ जनतालाई स्वस्थ सचेतना जगाएको छ । अर्कोतर्फ स्थापनाकालमै १५ जना कर्मचारीलाई रोजगारी दिएर केही परिवारको चुलो बाल्न सहयोग पु¥याएको छ । यी यावत सन्दर्भ हेर्दा एकातर्फ गण्डकी प्रदेशमै पहिलो वेलनेस क्लिनिक सञ्चालन हुनु, अर्कातर्फ आवश्यक सम्पूर्ण पूर्वाधार र सुविधा भएर पनि अन्य क्लिनिकभन्दा सस्तो हुनुले अन्नपूर्णको उचाइ चुलिँदै जाने देखिन्छ ।

समाजमा धेरैजसो मतिहीनहरुको नाम ‘मतिराम’ र विधर्मीहरुको ‘धर्मराज’ देखिन्छ । यस्तो परिस्थितिमा अन्नपूर्णले नामजस्तै काम गर्ने इरादाले नवग्रह मिलाएर क्लिनिक सञ्चालनमा ल्याएको छ । भविष्यमा सुनौला अक्षरले इतिहास लेख्नका लागि अन्नपूर्ण आफैमा पूर्ण हुँदै अविचलित निष्ठा साथ गौरवमय गाथा गाउन योग्य हुने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width